Description
पछिल्लो बाहिरी पृष्ठबाट
सही तर्क सोच्न र गर्न बुद्धि मात्र भएर पुग्दैन, आफ्नो बौद्धिक शक्ति प्रयोग गर्ने तरिका पनि जान्नुपर्छ । नत्र दिमागको ऊर्जा खेर जान्छ । तालिम नभएको मानिस जानकार तर्कशास्त्रीसँगको बहसमा टिक्न सक्दैन । समान बुद्धि भए पनि तालिम पाएको र नपाएको मानिसबीच ठूलो फरक हुन्छ । यो बलियो मानिस र लडाइँको कला जानेको खेलाडीबीचको भिडन्तजस्तै हो । यसको नतिजा पहिले नै निश्चित हुन्छ । त्यसैले तर्क गर्ने कला सिक्नु सबैका लागि जरूरी छ, नत्र सफलता पाउन गाह्रो हुन्छ । अरूले तपाईंको कमजोरीबाट फाइदा उठाउन सक्छन् ।
केही विद्वान्हरूका अनुसार असल खेलाडी हुनुभन्दा असल तर्कशास्त्री हुनु धेरै मूल्यवान् छ । तर्कशास्त्रले सही तर्क गर्न सिकाउँछ । र, यही तर्क गर्ने कला सिक्नका निम्ति यो पुस्तक उपयोगी छ ।







Reviews
There are no reviews yet.